अमेरिकास्थित भारतीय दूतावासमा कसले लगायो आगो ! | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

अमेरिकास्थित भारतीय दूतावासमा कसले लगायो आगो !

एजेन्सी, १९ असार । अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको भारतीय दूतावासमा खालिस्तानी समर्थकहरुले आगजनी गर्ने प्रयास गरेका छन् । सिख फर जस्टिस (एसएफजे) का प्रमुख आतंकवादी गुरपतवन्त सिंह पन्नुले ३० जुनमा जुलाई ८ देखि भारतीय दूतावासलाई घेराबन्दी गर्ने बताएका थिए । यो घटना घोषणाको भोलिपल्ट अर्थात साउन १ गते राति भएको हो ।

घटना शनिबार भएको थियो, तर अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले मंगलबार यसको बारेमा जानकारी दिए । हाल फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले उक्त मुद्दाको अनुसन्धान सुरु गरेको छ । यस घटनामा दूतावासलाई खासै क्षति पुगेको छैन ।

पाँच महिनामा यो दोस्रो घटना हो । यसअघि खलिस्तान समर्थकहरूले मार्चमा अमृतपालको रिहाइको माग गर्दै यो दूतावास घेराबन्दी गरेका थिए । खालिस्तानी समर्थकहरूले घटनाको भिडियो पनि जारी गरेका छन् । अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय दूतावासलाई यसमा निशाना बनाइएको थियो । भिडियोमा गत महिना क्यानडामा मारिएका आतंकवादी हरदीप सिंह निज्जरको हत्याको बदलाको रूपमा वर्णन गरिएको छ । भिडियोमा खालिस्तान समर्थकहरूले हिंसाले हिंसा जन्माउने बताएका छन्।
आतंकवादी निज्जरलाई गत महिना क्यानडाको सरेस्थित गुरु नानक गुरुद्वारा बाहिर पार्किङ स्थलमा दुई अज्ञात बाइक सवारले गोली हानी हत्या गरेका थिए।

विगतमा आतंकवादी पन्नुले जुलाई ८ मा क्यानडा, अमेरिका, अष्ट्रेलिया, इङ्ल्यान्ड र युरोपेली देशमा रहेका भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने भिडियो सार्वजनिक गरेका थिए । यति मात्र होइन, पन्नुले यी ¥यालीहरूलाई ‘किल इन्डिया’ नाम दिएका छन् । जसमा २१–२१ सिखहरूको समूहले भारतीय दूतावास बाहिर विरोध प्रदर्शन गर्ने र तिरंगाको अपमान गरेको पनि बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);