घट्यो पेट्रोलियम पदार्थको मूल्य | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ र सुर्खेत, दाङमा प्रतिलिटर ६ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);