हिमाल र उत्पीडित जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरियोः सांसद शेर्पा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

हिमाल र उत्पीडित जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरियोः सांसद शेर्पा

काठमाडौं । राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेका बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताउनुभएको हो । उहाँले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताउनुभयो । बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरेपनि बजेट ल्याउँदा भने ठूल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हालेको हुने बताउनु भयो ।

उहाँले बजेट बाँडफाँट हेर्दा देशमा संघीयताको आवश्यकता महशुस भएको बताउनु भयो । उहाँले संघीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने बताउनु भयो ।

उहाँले समाजबाट नैतिकता हराउँदै गएको भन्दै युवाहरुलाई नैतिक शिक्षा पढाउनु जरुरी रहेको बताउनु भयो । उहाँले विदेशमा काम गर्न जाने युवाहरुलाई सिपमा दक्ष बनाएर मात्रै पठाउनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक नियुक्तिका पदहरुमा क्षमता अनुसारका व्यक्तिहरु मात्रै नियुक्त गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);