काठमाडौं, १८ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले आक्रमण गरेको घटनाले ठुलो रुप लिंदै गएको छ ।
अधिवक्ता लामिछाने भने आइतबार रिहा भइसकेका छन् । कानुन व्यवसायीहरुले नासु प्रेमिकाले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन् ।
कानुन व्यवसायीहरुले आज ललितपुरमा विरोध सभाको आयोजना गरेका छन् । उनी रिहा भएपनि नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ ।
गत असार १३ गते नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरु आन्दोलनस्वरुप ३ घण्टा काम नगरी विरोध जनाएका थिए ।
विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई साधारण तारेखमा रिहा गरेको थियो ।