प्रतिनिधि सभामा आज आर्थिक विधेयक २०८० माथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

प्रतिनिधि सभामा आज आर्थिक विधेयक २०८० माथि छलफल हुने

काठमाडौं, १७ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघिय संसद भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको हो । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ ।

सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसुची रहेको छ ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक २०८० लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री महतले सो विधेयकलाई पारित गरियोस भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार