‘प्रदेश नामाकरणको विषयलाई लिएर जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन’ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

‘प्रदेश नामाकरणको विषयलाई लिएर जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताउनुभएको छ ।

शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताउनु भयो । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो ।

सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो । उहाँले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताउनु भयो । उहाँले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै उहाँले नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने बताउनु भयो ।

मन्त्री शर्माले ठूला वा साना भन्दा पनि सरकारले अनियमितता गर्ने व्यक्तिलाई नछोड्ने बताउनु भयो । उहाँले भ्रष्टाचारका घटनामा प्रमाण पुगेपछि घटनामा संलग्न दोषी नउम्किने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);