सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले सांसदहरुलाई सरकारलाई संसदप्रति जवाफदेही बनाउने काममा भुमिका खेल्न आग्रह पनि गर्नुभयो ।

उहाँले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराउनु भयो ।

सभामुख घिमिरेले सांसदहरुको निति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताउनु भयो । सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);