कमजोर बन्दै प्रचण्ड, विपक्षीको दायरा फराकिलो बन्दै (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

कमजोर बन्दै प्रचण्ड, विपक्षीको दायरा फराकिलो बन्दै (भिडियोरिपोर्ट)

बटुकराज गिरि

माउण्टेन टेलिभिजन एचडी । इतिहासमै पहिलो पटक मतदान प्रक्रियाबाट बजेटलाई पुर्णता दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार बहुमत गुमाउनबाट १० मतले जोगिएको छ । मतदानमा सरकारको पक्षमा १४७ मत पर्यो भने विपक्षमा १०८ जसमा १० मत कम आएको भए बजेट पारित नहुने मात्र होइन, सरकारमाथि विश्वाससमेत गुम्ने अवस्था आउनेवाला थियो । यसरी बजेटमाथिको मतविभाजनमा सरकारको समर्थन साँघुरिएको छ भने विपक्षीको दायरा फराकिलो बन्दै गएको छ ।

प्रतिनिधिसभामा मतदानको माध्यमबाट बहुमतले बजेट पारित भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबारे भइरहेको सम्भावित संकट तत्काललाई टरेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बजेट अनुमोदनको पक्षमा १ सय ४७ र विपक्षमा १०८ मत प¥यो । बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत भएकाले सत्ताको पक्षमा प्रष्ट बहुमत रहेको पुष्टि भयो । प्रचण्ड नेतृत्वको सरकार बहुमत गुमाउनबाट १० मतले जोगिएको छ । यदि १० मत कम आएको भए बजेट पारित नहुने मात्र होइन, सरकारमाथि विश्वाससमेत गुम्ने अवस्था आउनेवाला थियो । तत्काललाई विनियोजन विधेयक बहुमतबाट पारित भएसंगै सरकार पनि ढल्नबाट जोगिएको त छ तर सत्तापक्षकै नेताहरुको असन्तुष्टि व्याप्त छ । एमाले स्वभाविकैले आक्रामक हुने नै भयो । बाइट…योगेश भट्टराई, नेता एमाले
बजेटप्रति चर्को असन्तुष्टि प्रकट गर्दै आएका सत्तारुढ दलहरु अन्तिममा यु–टर्न भए र, बजेट पारित भयो । बजेट संशोधन नभए पासै हुन नदिने बरु सरकार छाड्ने चेतावनी दिँदै आएको एकीकृत समाजवादी र जसपा सत्ताबाट बाहिरिनुपर्छ भन्ने त्रासले बजेटको पक्षमा मतदान गर्न बाध्य भए ।

कमजोर जगमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई सुरुवाती दिन देखिनै सरकारको नेतृत्व गर्न भने सहज देखिदैन । सत्ता गठबन्धनकै दलहरु भित्र चर्को असन्तुष्टि र प्रतिपक्ष दलहरुको संख्या बढ्दै गएको देखिन्छ । यसैको संकेत पाएरै हुनपर्छ प्रधानमन्त्री प्रचण्डले सत्ताको आयुप्रति शंका नगर्न आग्रह गर्नु पछाडि मुख्य सत्ता साझेदार दलका नेताहरुको सार्वजनिक अभिव्यक्ति कारण पनि । किन कि केहि दिन अघि कांग्रेसका महामन्त्री गगन थापाले चित्त नबुझे सत्ता गठबन्धन बदलिने बताइसक्नुभएको छ । यावत चुनौतीका बाबजुद प्रचण्डले अहिलेलाई सरकार जोगाएपनि अबका दिन भने सहज नभएको विश्लेषकको बुझाइ छ ।

प्रधानमन्त्री बनेको १६औं दिनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा प्रचण्डको पक्षमा २ सय ६७ मत परेको थियो । गठबन्धन फेरिएपछि चैत ५ मा दोस्रोपटक विश्वासको मत लिँदा उहाँको पक्षमा १ सय ७२ मत खस्यो भने विपक्षमा ८९ मत पर्यो । अहिले बजेटमाथिको मतविभाजनमा सरकारको समर्थनमा १ सय ४७ मत मात्रै परेको छ । यसरी दिनप्रति दिन साँघुरिदै गएको सरकारप्रतिको समर्थनले प्रचण्ड सरकार जुनसुकै बेला अल्पमतमा पर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);