काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई कसले रिमोर्टबाट चलाएको छ भन्दै प्रश्न उठाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यो सरकारको बजेटबाट मजदुर, किसान, उद्योगी देखि व्यापारीसम्म कोहि पनि सन्तुष्ट नरहेको बताउनुभएको हो ।
आर्थिक विधयकलाई हेर्दा देशको उत्पादनमुखी अर्थतन्त्रलाई धरासायी बनाउने र दलाल अर्थतन्त्रलाई प्रचार गर्ने मनसाय अन्तरनिहित रहेको उहाँको टिप्पणी थियो ।
सरकारले मध्यमवर्गिएहरुले चड्ने विद्युतीय गाडीमा ह्यात्तै कर बढाएको तर, महंगा गाडीमा भने नबढाएकोमा उहाँले आपत्ती जनाउनु भयो । ‘यो सरकारले सुर्तीजन्य पदार्थमा करको दर न्यून गरिदिने तर, आलु प्याजमा ह्वातै बढाएको छ । देश माछामा आत्मनिर्भर बन्दैगर्दा विदेशबाट ल्याउनेमा कर हटाउने काम गरेको छ । सरकारले कसलाई सहयोग गर्न खोजेको हो ? सरकार कता जाँदैछ ? कसको सेवा गर्न खोजेको हो सरकारले ?’ उहाँले भन्नुभयो ।