सर्वेन्द्र खनालको साहसिक कदमको कार्यान्यवन बल्ल शुरु,उच्चपदस्थ तानिदै | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

सर्वेन्द्र खनालको साहसिक कदमको कार्यान्यवन बल्ल शुरु,उच्चपदस्थ तानिदै

काठमाडौं, १३ असार । ललितानिवास प्रकरण नेपालको सबैभन्दा ठुलो भ्रष्टाचार प्रकरण मध्य एक हो । यसमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल, पुर्व मन्त्री, अख्तियारका पुर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालामा बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले अनुसन्धान सकेर गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनको कार्यान्यवन शुरु भएको छ ।

ललिता निवासको ११२ रोपनी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी मंगलबार पक्राउ परेका छन्।

ब्यूरोले अनुसन्धान सकेर तत्कालीन प्रहरी महानिरीक्षक खनालले गृहमन्त्रालयमा बुझाएको प्रतिबेदनमा १ सय बढीलाई मुद्दा चलाउन राय दिएका थिए ।

सर्वेन्द्र खनाल अवकाश भएपछि ललिता निवास प्रकरणको छानविन प्रतिबेदन थन्क्याएर राखिएको थियो । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएपछि सार्वजनिक मंचहरुमा खनालले ललितानिवास प्रकरण छानबिन रोकिएको प्रती आक्रोश पोखेका थिए, उक्त प्रकरण छानबिनको लागि जोडदार माग गरेका थिए ।

युवा नेता रवि किरण हमालले प्रहरी हेर्डक्वाटरमा ललितानिवास प्रकरणमा भएको छानबिन प्रतिवेदन माग गरेका थिए जसले पनि प्रहरी माथि दबाब सिर्जना भयो ।

प्रहरी अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले हिम्मत गरेर राजनैतिक दबाब र प्रभावमा नपरे यो प्रकरणमा उच्च राजनैतिक तहदेखि उच्च प्रसासकहरु गरी एक सय भन्दा बढीलाई मुद्धा चल्ने निश्चित छ ।

ललितानिवास प्रकरणमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालको समेत नाम मुछिएको थियो । आफू माथी कार्वाही हुने डरले बाबुराम भट्टराईले सामाजिक संजालमा पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथी विभिन्न आरोप लगाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);