जनतामा भ्रम छर्न रास्वपाले संसद अवरोध गर्योः सांसद खतिवडा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

जनतामा भ्रम छर्न रास्वपाले संसद अवरोध गर्योः सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बँचेको हौ भन्ने भ्रम जनतामा छर्नका लागि संसद अवरोध गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने देखाउन रास्वपाले संसद अवरोध गरेको हो । हामी कोही पनि नेपाली काँग्रेस र सरकार जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा छैन । यो अवरोध भनेको हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने गलत सन्देश दिन रास्वपाले अवरोध गरेको हो ।’

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको श्री ५ भन्दा पनि माथि जान खोजेको आरोप लगाउनु भयो । उहाँले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनु नहुने बताउनु भयौ । उहाँले सबै क्षेत्र अख्तियारले नै हेर्नुपर्छ भन्ने पद्धतिको विकास गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही नबनीकन काम गर्नुपर्ने बताउनु भयो । अख्तियार हिजोको श्री ५ भन्दा पनि माथि जान खोज्यो, त्यसैले निजी क्षेत्रमा अख्तियारको प्रवेश गर्न दिनु हुँदैन, राजश्व पनि आफैँ हेर्ने, प्रत्येक कार्यालय, मन्त्रालय, सम्पती शुद्धिकरण कार्यालय, सबै यसले हेर्ने पद्धतिको विकास गर्नु हुँदैन ।’

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही नबनीकन काम गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);