निर्वाचन आयोग ब्याल्कमेलिङको शिकार भएकाे अाेलीकाे अाराेप | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

निर्वाचन आयोग ब्याल्कमेलिङको शिकार भएकाे अाेलीकाे अाराेप

kp oli

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोग ब्याल्कमेलिङको शिकार भएको अाराेप लगाएका छन् । नियमित स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गर्नु अघि बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएको लामो समय भईसक्दा पनि वर्तमान सरकारले लज्जाजनक ढंगले सरकार गठनमा व्यवधान पुर्याईरहेको ओलीकाे अाराेप छ ।

पार्टी एकता बिथोल्ने खाेज्ने कसैको योजना सफल हुन्न

दुई पार्टीबीचको एकताबाट आत्तिएका शक्तिहरुले अलोकतान्त्रि ढंगबाट एकता बिथोल्ने प्रयास गरेको ओलीले दाबी गरेका छन् । पार्टी एकताबाट त्रसिएका, आत्तिएकाहरु पार्टी एकता बिथोल्न लागि परेको ओलीको भनाई छ ।

उनले खुलेआम पार्टी एकता विथोल्न, मुलकलाई स्थिरता तर्फ जान नदिन लागिपरेकाहरुको प्रयास सफल नहुने उद्घोष गरे । दुई पार्टी बीचको तालमेल विकसित हुँदै निकटताका साथ अघि बढीरहेको भन्दै अध्यक्ष ओलीले पार्टी एकता बिथोल्ने कसैको योजना सफल नहुने दाबी गरे । अध्यक्ष ओली उपचार पछि माघ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);