काठमाडौं, १२ असार । प्रभास र ओम राउत अभिनित फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै निशानामा परेको छ । हालसम्म धेरै कलाकारले फिल्मको कथा र पात्रको चित्रणप्रति असन्तुष्टि जनाएका छन् । रामानन्द सागरको ‘रामायण’ मा हनुमानको चरित्रलाई यादगार बनाउने दारा सिंहका छोरा विन्दु दारा सिंह पनि फिल्मबाट निकै निराश छन् ।
फिल्मको कलेक्शन प्रभावित नहोस् भनेर उनले अहिलेसम्म यसबारे केही भनेका छैनन् ।
फिल्मको बारेमा कुरा गर्दै विन्दुले भने, ‘के सोचेर यो फिल्म बनाएको हो थाहा छैन ? धेरै हास्यास्पद । बुझ्न सकिएन कि निर्माताले के देखाउन र सिकाउन खोजेका छन् ? यो फिल्मले मनोरञ्जन पनि दिन सक्दैन । विन्दुलाई अहिलेसम्म कुनै प्रतिक्रिया नदिनुभएको कारण सोध्दा उनले भने, ‘यससँग जोडिएका व्यक्तिहरू मेरा साथी भएकाले मलाई केही भन्न पनि मन लाग्दैन, तर उनीहरूले बनाएको सारा संसार नै कृत्रिम देखिन्छ । हामीले अहिलेसम्म केही भनेका छैनौं किनभने हामी यो फिल्म चल्न चाहन्छौं। तर यो पटक्कै चल्ने फिल्म होइन । यो फिल्म पनि नक्कली हो र यसको कलेक्शन पनि नक्कली हो ।’