काठमाडौं, १२ असार । झापामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एकआपसमा जुध्दा एकैपरिवारका दुईजनाको मृत्यु भएको हो । दुईटै सवारीसाधनको नम्बर भने खुल्न सकेको छैन् ।
मालबाहक ट्रकले विपरित दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार बाबु छोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका गुरुचरण चौधरी र कुमकुम चौधरी रहको बुझिएको छ ।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ५ जना पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।