ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दा माथि रहेको बताउनु भयो ।

उहाँले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उहाँको दाबी छ । उहाँले जलहरीको विषयमा निष्पक्षता कामय गरी अनुसन्धान हुनुपर्ने बताउनु भयो । उहाँले जलहरी राख्नुको ध्येय स्वर्णाक्षरमा आफ्नो नाम लेखाउनु रहेको बताउनु भयो । जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने बताउनु भयो ।

सांसद दाहालले जलहरी बनाउन दाताहरुले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरुको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राख्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);