काँग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छुः डा. शशांक कोईराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काँग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छुः डा. शशांक कोईराला

sashanka-koirala

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताउनुभएको छ ।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताउनु भयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट सरकारको नेर्तत्व कसले गर्छ ? भन्नेकुराको टुंगो लाग्ने बताउनु भयो । उहाँले १५ औं) महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताउनु भयो ।

सांसद कोईरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);