लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित

काठमाडौं । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय पछिल्लो समय लयमा फर्किन थालेको छ । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगैे पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको विबश्वास छ ।

पोखराका पर्यटन व्यवसायीमा पुरानो उत्साह फेरी जाग्न थालेको छ । कोरोना महामारीले प्राय मृत अवस्थामा पुगेको पोखरेली पर्यटन व्यवसायीको उत्साह पछिल्लो समयको गतिविधिले जाग्न थालेको हो । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु हुनेक्रम बढ्रन थालेपछि पर्यटन व्यवसाय जुर्मुराएको छ । कोेराना महामारीपछि पर्यटन प्रवद्र्धनमा सरकारले विशेष चासो दिनुपर्ने भन्दै आएका व्यवसायीहरु त्यसो हुन नसकेर शिथिल भइसकेको अवस्थामा अहिले संजिवनी बुटी पाएको महशुस गर्न थालेका छन् । अझैपनि सरकारबाट देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनले प्राथमिकता पाए काया पलट हुनसक्ने भनिरहेका छन् पोखराको पर्यटनले लय समातेपछि व्यवसायीहरु खुशी भएको छन् ।

त्यस्तै होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको बताउनु भयो । उहाँले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्न सक्ने बताउनु भयो । पोखरामा कोरोना महामारीपछि भएको दक्ष जनशक्तिको अभाव पनि पुरा हुने उहाँको विश्वास छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपछि उत्साह थपिएपनि यसलाइ स्थायी गर्न सरकारकै पहल हुनु पर्ने तर्क गर्नु भयो । कोरोनापछि पोखरामा पर्यटकहरु बढेको भएपनि पर्याप्त नभएको उहाँको बुझाइ छ ।

व्यवसायीहरुले राज्यबाटै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनसके मनोबल बढ्ने र पर्यटकहरु पनि वृद्धि हने भन्दै सरकारलाई घच्घच्याइ रहेका छन् । सबै व्यवसायीहरुले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलको नियमित संचालन नै उत्तम र प्रभावकारीहुनै भन्दै सरकारको ध्यानाकर्षण गराइ रहेका छन् । ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जम्मा भएको पर्यटकको संख्या निरन्तर बढाउनु पर्नेमा उनिहरुको जोड छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);