नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन संगठित प्रयास भइरहेको छः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन संगठित प्रयास भइरहेको छः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ सालको निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उहाँले ८४ सालको निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्ने दावी गर्नु भएको हो । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने योग्य व्यक्तिका लागि पद त्याग गन सक्नु पर्नेमा जोड दिनु भयो । उहाँले ‘जान्नेलाई छान्ने’ काम गरियो भने पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउन सक्ने तर्क गर्नु भयो । सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहेको भन्दै सफल हुन नदिने बताउनु भयो ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराउनु भयो । इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । उहाँले सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने उल्लेख गनुृभयो ।

सभापति लामिछानेले भ्रष्टहरुलाई समाप्त पार्ने अभियानमा पार्टीको अभियानर्मा दृढतापूर्वक लागिरहने दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);