काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताउनुभएको छ ।
शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताउनुभएको हो । उहाँले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताउनु भयो। उहाँले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवद्र्धन गर्न समेत नसकेको बताउनु भयो।
उहाँले मुलुकको विकास,सुशासन र समृद्धिको पथमा हिडाउन सामथ्र्य योग्यता प्रदर्शन गर्न नसकेको बताउनु भयो । उहाँले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर,कमजोर बनेको आरोप लगाउनु भयो। उहाँले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताउनु भयो ।
उहाँले वर्तमान सरकार एमाललेलाई पाँच वर्ष टिकोस् भन्ने भएपनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताउनु भयो। उहाँले जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको बताउनु भयो ।
उहाँले वर्तमान सरका अन्तरबिरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको बताउनु भयो । उहाँले नेकपा एमालेले सरकार ढाल्ने काममा नलाग्ने बताउनु भयो । उहाँले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपनि नयाँ गुट सिर्जना गरेको आरोप लगाउनु भयो। उहाँले एमाललेलाई नेपाली काँगे्रसको माया लागेको बताउनु भयो।