उपप्राध्यापक चलाउनेले आज पत्रकार सम्मेलन गर्दै, अनशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८१, मंगलबार

उपप्राध्यापक चलाउनेले आज पत्रकार सम्मेलन गर्दै, अनशन स्थगित

काठमाडौं, ८ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । अनशन स्थगितबारे जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलन गर्न लागेका छन् ।

चलाउने ५ दिनदेखि त्रिविको उपकुलपति कार्यालय अगाडी अनशन बस्दै आएका थिए । ३ वर्ष अघि आफूलाई नेविसंघका कार्यकर्ताहरुले मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको भन्दै उनले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका थिए ।

सरकारले केही दिन अघि सो मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने थप आक्रोसित भई अनशन सुरु गरेका थिए । बिहीबार सर्वोच्चले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);