प्रधानमन्त्रीले आज सांसदहरुको जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

प्रधानमन्त्रीले आज सांसदहरुको जवाफ दिने

काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिनुहुने छ ।

संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार प्रचण्डले आज प्रश्नको उत्तर दिनुहुने भएको हो ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ ।

यसैगरी, यसअघि प्रदेशको नाम उल्लेख नगरेका कारण रोकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकमाथिको पनि आज नै छलफल बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);