काठमाडौं, ८ असार । बिहीबारदेखि फिल्म हलहरुमा काठमाडौं महानगरपालिकाले खटाएको नगर प्रहरी आज फिर्ता बोलाएको छ । हिन्दी फिल्म रोक्न महानगरले प्रत्येक हलमा १० जना प्रहरी तैनाथ गरेको थियो ।
सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले हिजो अल्पकालिन अन्तरिम आदेश दिएको थियो । तर, महानगरका मेयर बालेन शाहले देशको सार्वभौमिताका लागि अदालतको आदेश
नमान्ने समेत त्यत्तिखेरै चेतावनी दिएका थिए । सामाजिक सञ्जालको उनको त्यो स्ट्याटसका कारण आलोचना भइरहेको छ ।
बालेनले हिन्दी फिल्म आदिपुरुषमा सीताको जन्मको बारेमा विवादास्पद संवाद राखेको र त्यो नहटाएसम्म कुनै पनि हिन्दी फिल्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेका थिए ।
file photo