हिन्दी फिल्मको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन भन्छन्– मान्दैन् | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

हिन्दी फिल्मको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन भन्छन्– मान्दैन्

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले असार १२ गते दुबै पक्षलाई बोलाएको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको थियो । मेयर साहको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको हो । यता अदालतको फैसला लगत्तै मेयर साहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भारतीय चलचित्रको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । मेयर साहले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाउनुभएको छ । जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’ साहले आफ्नो फेसबुकमा लेख्नुभएको छ । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुने भन्दै उहाँले अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो भन्ने बुझिने जिकिर गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);