देशको स्वाधीनताको सवालमा अदालतलाई मान्नेवाला छैन, जुन सुकै सजाय भोग्न तयार छुः बोलन शाह | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

देशको स्वाधीनताको सवालमा अदालतलाई मान्नेवाला छैन, जुन सुकै सजाय भोग्न तयार छुः बोलन शाह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेका हुन् । उनले कुनैपनि हालतमा काठमाडौं महानगर भित्र फिल्म चल्न नदिइने बताएका छन् । यसका लागि आफु जुनसुकै सजाय भोग्न पनि तयार रहेको भनेका छन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);