काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। सिनेमा हल व्यवसायीहरूले आज उच्च अदालत पाटनमा मेयर शाहविरुद्ध मुद्दा दायर गरेका हुन् ।
हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने काठमाडां महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै उनीहरुले आज मुद्दा दर्ता गराएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट काठमाडौं महानगरभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् ।