आज यी प्रदेशमा चट्याङ्गसहित पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आज यी प्रदेशमा चट्याङ्गसहित पानी पर्ने

काठमाडौं, ६ असार । नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);