काठमाडौं । आइसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
जारी खेलमा नेपालले बलिङमा राम्रो सुरुआत गरेको थियो । अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको हो ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । साथै, गुल्शल झाँले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने ललित राजवशींले १ विकेट लिए ।