घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुराः प्रेम चलाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुराः प्रेम चलाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयबिरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बस्नुभएको छ । धर्नास्थलमा वैशाखी टेकेर पुग्नुभएका उहाँले घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुरा भएको बताउनु भयो ।

उहाँले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताउनु भयो । उहाँले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताउनु भयो । उहाँले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताउनु भयो । उहाँले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताउनु भयो । उहाँले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताउनु भयो ।

उहाँले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);