नेपाल राम बिना र भारत सीता बिना अधुरो छः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नेपाल राम बिना र भारत सीता बिना अधुरो छः मन्त्री किराँती

काठमाडौं, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताउनुभएको छ । मंगलवार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योग मानव कल्याणको साझा ज्ञान भएको बताउनुभएको हो । उहाँले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको बताउनु भयो ।

उहाँले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताउनु भयो । उहाँले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताउनु भयो । उहाँले महेन्द्र नगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको बताउनु भयो ।

मन्त्री किराँतीले भन्नुभयो, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो । आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रुपमा थियो । कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपालको उन, नेपालको छाला भारत निर्यात हुने गर्दथ्यो ।

पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौँ । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ । नेपाल आउने महेन्द्र नगरको हवाई रुट र भैरहवामा जडान अहिले सञ्चालितको कुरा सकारात्मक ढंगले अघि बढीरहेको छ ।’ मन्त्री किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);