हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी

बर्दिया । संघीय मामिलातथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । बर्दिया जिल्लाका कार्यालय प्रमुखहरुसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएकाहुन् । कुनै पनि कार्यालयमा कार्यालय प्रमुख वा जनप्रतिनिधिले हाजिर नगराउने र कोही कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति बढिरहेको बताउँदै उनले भने, “अहिले त आर्थिक वर्षको अन्तिम महिना चलिरहेको छ, तर अब यो प्रवृत्ति चल्दैन ।”

मन्त्रीमोदीले आगामी साउनबाट कुनै पनि स्थानीय तहका जनप्रतिनिधि वा कार्यायका प्रमुखले हाजिर नगराउने र खटाएका कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति दोहोर्याउन खोजे कारबाही हुने बताए ।

कानुनअनुसार सबैलाई कारबाहीको दायरामाल्याई खटाएको ठाउँमा कर्मचारीलाई खटाउने बताउँदै उनले भने, “सरुवा प्रणालीलाई साउनबाट व्यवस्थित बनाउनखोज्दैछौँ, योसँगै हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अन्त्य हुन्छ ।” स्थानीयतहमा कर्मचारी जानै नमान्ने र गएकापनि हट्न नमान्ने बेथितिको पनि अन्त्य हुने उनको भनाई थियो ।

जनतालाई सरल र सहज ढंगबाट सेवाप्रवाह गर्न निर्देशन
मन्त्रीमोदीले जनतालाई सरल र सहज ढंगबाट सेवाप्रवाह गर्न निर्देशनदिए । कार्यालय प्रमुखहलाई निर्देशनदिँदै उनले भने, “जनतालाई झन्झटिलो होइन, सरल र सहज ढंगबाट सेवादिने कुरामाध्यानदिनकालागि म विशेष निर्देश गर्न चाहन्छु ।” मन्त्रीमोदीले जनताको सेवा गर्ने कर्मचारीको ड्युटी भएकाले जनतालाई झन्झटमुक्त बनाई सेवाप्रदान गर्न निर्देशनदिए ।

सेवाप्रवाहमाजनताले प्रश्न उठाउन नपाउने गरी कार्य सम्पादन गर्न निर्देशनदिँदै मन्त्रीमोदीले भने, “कर्मचारीहरुको कार्यसम्पादनमाचित्तनबुझे त्यसको वितृष्णा राजनीतिकदलमाथिथोपरिरहेको छ । त्यसकारण सेवाग्राहको चित्तबुझाउनेगरी कार्य सम्पादनमालाग्न म निर्देश गर्न चाहन्छु ।”

सुशासनकायम गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले प्रधानमन्त्रीपनि सुशासनकायम गर्ने सवालमागम्भीर रहेको बताए । सुशासन र सेवाप्रवाहका सम्बन्धमाकार्यालय प्रमुखहरुले सुक्ष्म ढंगबाट कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो ।

अहिलेकाप्रधानमन्त्रीको नेतृत्वमाभएको जनयुद्धबाट नै मुलुकमा समानुपातिक, समावेशी र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तभएको बताउँदै उनले भने, “अहिलेकै प्रधानमन्त्रीज्युको नेतृत्वमाहिजो जनयुद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताल्यायौँ, अहिले उहाँकै नेतृत्वमा सुशासनकालागि भ्रष्टचारको लडाई सुरु भएको छ, हामी भ्रष्टचार अन्त्य गरेर सुशासनकायम गरेरै छाड्छौँ, यो सरकारको मुख्य संकल्पहो ।”

मन्त्रीमोदीले संघीय निजामती सेवा ऐनको साढे दुई महिनामासबैकाम सकेर अर्थ र कानुनमन्त्रालयमा सहमतिकालागि पठाइसकेको समेत जानकारी गराए । “सहमतिपाउन ढिला भइसक्यो भनेर भनिरहेका छौँ । यो ऐन संशोधन नै हुननसक्ने कुनै पनि पुराण वाबाइबलहोइन । सहमतिप्राप्तहुने वित्तिकै यो ऐन मन्त्रिपरिषदमा लैजान्छौँ ।”

कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मआफ्नालागि सबै बराबर भएकाले तहअनुसार कामको जिम्मेवारी बाँडफाडमा अन्यायभयो भन्ने लाग्यो भने आफूसँग निर्धक्क कुरा राख्न समेत आग्रह गरे । तर, जनतालाई ठग्न र कामचोर प्रवृत्तिदेखाउननपाउने उनको भनाई थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);