प्रचण्डले उपेन्द्रलाई कमरेड भनेपछि...(भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रचण्डले उपेन्द्रलाई कमरेड भनेपछि…(भिडियोसहित)

काठमाडौं । चार दलको समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र जनता समाजवादी पार्टी नेपालले आज समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, नेत्रविक्रम चन्द, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले नेताहरुलाई सम्बोधन गर्ने क्रममा उपेन्द्र यादवलाई कमरेड भनेका थिए । प्रचण्डले यादवलाई कमरेड भनेपछि सभाहलमा हुटिङ भएको थियो । साथै, उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको समेत प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा बनाउँदा केहि हतार भएको भन्दै आत्मसमिक्षा गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);