काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मार्चाले सबै सकारात्मक शक्तिलाई एक ठाउँमा ल्याउने दाबी गर्नुभएको छ ।
काठमाडौंमा जारी समाजवादी मार्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई बोल्दै नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा समेत टिप्पणी गर्नुभएको छ । ओलीलाई जवाफ दिदै नेपालले भने यो मार्चा कसैलाई तर्साउन र कसैसँग मुकाबला गर्न यो मोर्चा बनेको होइन् ।
नेपालले समाजमा रहेका सामन्तवादका अवसेशलाई अन्त्य गर्न यो मार्चाले भुमिका खेल्ने दाबी गर्नुभयो ।