संखुवासभामा बाढी : बेपत्ता हुने २२ जनाको पहिचान खुल्यो | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

संखुवासभामा बाढी : बेपत्ता हुने २२ जनाको पहिचान खुल्यो

काठमाडौं, ४ असार । संखुवासभामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । बाढीले बगाउँदा सन्तोष राईको मृत्यु भएको हो । साथै २२ जना बेपत्ता भएका छन् । चैनपुर–४ पेंकोट र पाँचखपन ९ मा गएको पहिरोले खोला थुनिएपछि एक्कासी खुलेर आएकोले बाढीले धेरै क्षति पुरयाएको हुन सक्ने अनुमान गरिएको छ ।

बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेंवा हाइड्रोमा क्षति पुर्याएको छ । सोही परियोजनाका कामदार २२ जना मजदुरहरु सम्पर्कविहिन भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर र तीन पक्की पुलमा समेत क्षति पुर्याएको छ ।

वेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् ।
सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);