काठमाडौंमा आजदेखि भारतीय चलचित्र प्रदर्शन निषेध | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

काठमाडौंमा आजदेखि भारतीय चलचित्र प्रदर्शन निषेध

काठमाडौं, ४ असार । काठमाडौंमा भारतीय चलचित्र निषेधको घोषणा भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सोमवारबाट कुनैपनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको आइतबार घोषणा गरेका हुन् ।

साहले सामाजिक सञ्जालमार्फत् चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने अंश नहटाएसम्म भारतीय चलचित्र महानगरभित्र प्रदर्शन निषेध गरिएको लेखेका छन् । साहले शुक्रवार तीन दिनको समय दिएर उक्त अंश हटाउन भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने चेतावनी दिएका थिए । तर, अंश नहटाएपछि भारतीय चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेका हुन् ।

बालेन साहको पछिल्लो घोषणा सामाजिक सञ्जालमा टे«न्डिङमा आएको छ । उनले ग्रेटर नेपालको नक्शा समेत आफ्नो कार्यकक्षमा राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);