आज बागमतीसहित ४ प्रदेशमा वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

आज बागमतीसहित ४ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, ४ असार । नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । कोशी प्रदेशको थोरै स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);