भगवान विष्णुले सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

भगवान विष्णुले सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल

काठमाडौं, ४ असार । ज्योतिषमा राशिफलको विशेष महत्व छ। आज जुन १९, २०२३, सोमबार । धेरै राशिका लागि सकारात्मक रहनेछ । अर्कोतर्फ, केही राशिका व्यक्तिहरूले साताको पहिलो दिन मानसिक तनावको सामना गर्नुपर्ने हुन सक्छ।

हिन्दु धर्ममा अत्यन्तै महत्वपूर्ण मानिने आषाढ गुप्त नवरात्रि आजबाट सुरु हुँदैछ । वैदिक पञ्चाङ्ग अनुसार आज आषाढ महिनाको शुक्ल पक्षको प्रतिपदा तिथी यही बिहान ११ बजेर २५ मिनेटमा समापन भई द्वितीया तिथी सुरु हुनेछ ।

मेष राशि
आजको दिन तपाईको उतारचढावको दिन रहनेछ। स्वास्थ्य बिग्रन सक्छ। चिनजानको दुखद खबर पाउनुहुनेछ। व्यापार–व्यवसायमा घाटा हुन सक्छ । यदि तपाईं यात्रा आदिमा जानुहुन्छ भने, आफ्नो वाहन आदि सावधानीपूर्वक चलाउनुहोस्। व्यर्थ बहसबाट टाढा रहनुहोस्। परिवारमा प्रियजनहरूसँग मतभेद बढ्न सक्छ। पत्नीको स्वास्थ्य बिग्रन सक्छ।

वृष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। सोचेका कामहरू पूरा हुनेछन् र केही विशेष कामको लागि बाहिरी यात्रा आदिमा जान सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ भने आर्थिक अवस्था बलियो रहनेछ । परिवारमा मांगलिक कार्यक्रमको अवसर मिल्नेछ। पत्नीसँग चलिरहेको मतभेद समाधान हुनेछ।

मिथुन राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ । परिवारसँग घुम्न जान सकिनेछ । अदालतमा विजयी हुनुका साथै आम्दानीका नयाँ स्रोत सृजना हुनेछन् । व्यापार–व्यवसायमा ठूलो साझेदारी हुनसक्छ । नयाँ गाडी वा भवन किन्न सकिनेछ। परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ। पत्नी तथा सन्तानसँगको सम्बन्ध मधुर रहनेछ ।

कर्कट राशि
आजको दिन वैदेशिक यात्रामा जानु भएको छ भने सावधान रहनु होला । सवारी साधन आदि दुर्घटनाको योग बन्न सक्छ । परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। व्यापार–व्यवसायमा कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । साथीभाइको सहयोग मिल्नेछ तर पैतृक सम्पत्तिको विषयमा परिवारमा विवादको स्थिति आउन सक्छ। वाणीमा संयम राख्नुहोस्, वादविवादबाट टाढा रहनुहोस्।

सिंह राशि
आजको दिन व्यर्थको दौडधुपमा समस्यामा पर्न सक्छ। परिवारमा कसैको स्वास्थ्य बिग्रन सक्छ। जसका कारण तपाईले मानसिक तनाव महसुस गर्नुहुनेछ। व्यापारमा आज कुनै पनि नयाँ काम सुरु नगर्नुहोस्। आफ्नो पार्टनरसँग विवाद नगर्नुहोस्। परिवारमा माङ्गलिक कार्यको आयोजना हुनेछ । दाजुभाइसँग कुनै कुरामा मनमुटाव बढ्न सक्छ।

कन्या राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। अधिकारी वर्गसँगको सम्बन्ध सुमधुर रहनेछ । स्वास्थ्य राम्रो रहनेछ। वैदेशिक यात्रा आदिमा जान सकिनेछ । व्यापार–व्यवसायमा विशेष व्यक्तिबाट रोकिएका काम पूरा हुनेछन् । परिवारमा नजिकको व्यक्तिको व्यवहारले मन खिन्न हुन सक्छ। बोलीमा संयम राख्नु होला । श्रीमतीसँगको सम्बन्ध पनि बिग्रन सक्छ । परिवारमा कुनै अप्रिय घटनाको सुचनाले चिन्तित हुन सक्छ।

तुला राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। घरमा नयाँ पाहुनाको आगमन हुनसक्छ । आज तपाईले आफ्नो स्वास्थ्यमा लाभ महसुस गर्नुहुनेछ। व्यापार–व्यवसायमा कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । कार्यस्थलमा सफलता मिल्नेछ भने परिवारमा शुभकार्यको आयोजना हुनेछ । नयाँ सवारी साधन, भवन वा सम्पत्ति आदिमा ठूलो लगानी गर्न सकिनेछ।

वृश्चिक राशि
आजको दिन हतारले भरिनेछ। पारिवारिक झगडामा फस्न सकिनेछ । स्वास्थ्यको बारेमा चिन्तित हुन सक्छ। पत्नीसँग मनमुटाव बढ्नेछ। व्यापार–व्यवसायमा नजिकका र प्रियजनबाट घाटा बेहोर्नु पर्नेछ । तपाईको हातबाट ठुलो कुरा चिप्लन सक्छ। वाणीमा संयम राख्नुहोस् र बहसबाट टाढा रहनुहोस्। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

धनु राशि
आज तपाईंले आफूलाई नकारात्मक ऊर्जाले भरिएको महसुस गर्नुहुनेछ। नजिकको कसैको दुर्व्यवहारले मन अशान्त रहनेछ। आज तपाईले आफ्नो स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ। अदालतमा हार बेहोर्नु पर्न सक्छ । यदि तपाईं यात्रामा जानुहुन्छ भने, सवारी साधन चलाउँदा सावधान रहनुहोस्। घरपरिवारमा सम्पत्तिको विषयमा दाजुभाइ–भतिजासँग विवादको स्थिति रहनेछ । सुरु गर्न चाहनुहुने कुनै नयाँ काममा बाधा आउनेछ।

मकर राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। मानसिक र शारीरिक रुपमा स्वस्थ महसुस गर्नुहुनेछ। नयाँ कामको थालनी गर्न चाहनुहुन्छ, जसमा परिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । आर्थिक अवस्था मजबुत रहनेछ । नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । आमाबुवाको स्वास्थ्यको बारेमा चिन्तित रहन सक्छ।

कुम्भ राशि

तपाईको लागि आजको दिन राम्रो रहनेछ। सोचेका काम पुरा हुनेछन् । धार्मिक यात्रामा जान सकिनेछ । परिवारमा शुभ कार्यको योग रहनेछ। परिवारमा नयाँ पाहुनाको आगमन हुनसक्छ । आज कुनै नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने सुरु गर्न सक्नुहुन्छ। आज तपाईले सम्पत्ति आदिमा ठूलो लगानी गर्न सक्नुहुन्छ। आज पैतृक सम्पत्तिमा अंश पाउन सकिनेछ । जसका कारण मन प्रशन्न रहनेछ । परिवारको वातावरण तपाईका लागि अनुकूल रहनेछ।

मीन राशि
आज तपाई मानसिक तनाव वा शारीरिक थकानले परेशान हुन सक्नुहुन्छ। आज तपाईलाई चिनेको व्यक्ति गुमाउनुको कारण दुखी हुनेछ। परिवारमा अशान्तिको वातावरण रहनेछ। आज तपाईले व्यापारमा ठूलो घाटा बेहोर्नु पर्नेछ। आज तपाई आफ्नो प्रियजनबाट धोका पाउन सक्नुहुन्छ । परिवारमा प्रियजनहरूसँगको सम्बन्ध पनि बिग्रन सक्छ । वादविवादबाट टाढा रहनुहोस् र वाणीमा संयम राख्नुहोस्। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);