संखुवासभा, ताप्लेजुङमा बाढी पहिरो,पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ : सांसद भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

संखुवासभा, ताप्लेजुङमा बाढी पहिरो,पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ : सांसद भट्टराई

काठमाडौं, ३ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरुमा बर्षातसँगै गएराति आएको बाढि र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

संखुवासभा, ताप्लेजुङलगायतका जिल्लाहरुमा बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सचिव भट्टराईले सो घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भएको हो । आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । सचिव भट्टराईले सो घटनाका कारण क्षतिग्रस्त पूल, सडक सुचारु हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘म सभामुख महोदयमार्फत् नेपाल सरकारको यस विषयमा गम्भिर ध्यानाकर्षण गर्न चाहन्छु । विशेष गरी यो स्थितिको सम्पूर्ण जानकारी यो सम्मानित सदनमा सरकारको तर्फबाट संसदलाई जानकारी होस भनेर म माग गर्न चाहन्छु । यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीजीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ भन्ने म सभामुख महोदयमार्फत गृहमन्त्रीजीको म ध्यानाकर्षण गर्न चाहन्छु । त्यसैगरी पुल, सडकहरु क्षति पुगेका छन । त्यसको तत्कालको अवस्था के छ ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु । र, तत्कालै बेलिब्रिजहरुको व्यवस्था गरिकन, झोलुंगे पुलहरुको व्यवस्था गरिकन आवागमनलाई सहज बनाउनका लागि पनि म सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । भत्किएका सडकहरुलाई तत्काल सूचारु गर्नुपर्ने अवस्था छ । त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु । र पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ । त्यसैले आवश्यक र खाद्यान्नको तत्काल व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । विपदको क्षेत्रमा काम गर्ने रेडक्रशसहितका अन्तराष्ट्रिय संघ, संस्थाहरुलाई पीडितहरुलाई राहत उपलब्ध गराउनका लागि आग्रह गर्न चाहन्छु ।’

सचिव भट्टराईको पीडितहरुको राहत र उद्धार कार्यक्रममा जुटन रेडक्रशलगायतका अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आग्रह गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);