काठमाडौं, ३ असार । संखुवासभामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । हेंवा खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १६ जना बेपत्ता भएका छन् ।
चैनपुर–४ पेंकोट र पाँचखपन ९ मा गएको पहिरोले खोला थुनिएपछि एक्कासी खुलेर आएकोले बाढीले धेरै क्षति पुरयाएको हुन सक्ने अनुमान गरिएको छ ।
बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेंवा हाइड्रोमा क्षति पुर्याएको छ । सोही परियोजनाका कामदार १६ जना मजदुरहरु सम्पर्कविहिन भएका छन् ।