संखुवासभामा एकजनालाई बाढीले बगायो, १६ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

संखुवासभामा एकजनालाई बाढीले बगायो, १६ जना बेपत्ता

काठमाडौं, ३ असार । संखुवासभामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । हेंवा खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १६ जना बेपत्ता भएका छन् ।

चैनपुर–४ पेंकोट र पाँचखपन ९ मा गएको पहिरोले खोला थुनिएपछि एक्कासी खुलेर आएकोले बाढीले धेरै क्षति पुरयाएको हुन सक्ने अनुमान गरिएको छ ।

बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेंवा हाइड्रोमा क्षति पुर्याएको छ । सोही परियोजनाका कामदार १६ जना मजदुरहरु सम्पर्कविहिन भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);