नेपालमा पठन संस्कृति मासिँदै गएकोमा लेखक तथा पत्रकारहरुको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

नेपालमा पठन संस्कृति मासिँदै गएकोमा लेखक तथा पत्रकारहरुको चिन्ता

काठमाडौं । लेखक एवं पत्रकारहरुले नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरुले पठन संस्कृति मासिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले सञ्चारमाध्यमहरुमा पनि असम्पादितत सामग्रीहरु बढी प्रशारण र प्रकाशन हुनु चिन्ताको विषय भएको बताए । उनीहरुले सञ्चारमाध्यमहरुको नियमनकारी निकाय नहुँदा यस्ता घटना बढीरहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक रामप्रसाद रेग्मीले देशमा पठन संस्कृति हराउँदै गएको बताउनु भयो । उहाँले पुस्तकमा भन्दा अहिलेको समाज टिकटक र अन्य सामाजिक मिडियामा बढी रमाउने गरेको बताउनु भयो । उहाँले सञ्चारमाध्यममा प्रकाशन एवं प्रशारण भएका लेखहरुको पनि शिर्षक मात्रै पढ्ने संस्कृति बढी विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार कुन्दन अर्यालले सञ्चारमाध्यममा सम्पादित भन्दा असम्पादित समाचार सामग्री प्रशारण एवं प्रकाशन बढ्दै जानु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुले यस्ता कुरामा ध्यान दिएर अघि नबढ्ने हो भने यसको असर समाज र आम नागरिकमा पर्ने बताउनु भयो । उहाँले गलत र मिथ्या समाचारले भ्रम सिर्जना गरिरहेको भन्दै यस्ता समाचार सामग्रीहरुको प्रकाशन र प्रशारणमा रोक लगाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले नयाँ सञ्चारमाध्यमहरुको बढोत्तरी भएपनि नियमनकारी निकाय हुन नसक्दा समस्या आइरहेको बताउनु भयो । उहाँले नियमनकारी निकाय नहुनु नै बेथिति र विसंगतिको कारण भएकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा अन्य वक्ताहरुले एकले अर्काको राम्रो भन्ने प्रवृत्तिबाट मुक्त भइ राम्रो भएकाहरुको साथ र टेवा दिने र नराम्रो भएकाहरुलाई सच्याउन आग्रह गर्नेकुरामा जोड दिने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);