बालेनको चेतावनी– विद्यालय बन्द गरे जागिर जाने मात्र होइन् फौजदारी मुद्दापनि चल्नसक्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बालेनको चेतावनी– विद्यालय बन्द गरे जागिर जाने मात्र होइन् फौजदारी मुद्दापनि चल्नसक्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै काठमाडौं महानगरभित्र विद्यालय बन्द नगर्न निर्देशन दिएका छन् ।

मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आइतबार विद्यालय बन्द गरे कडा कारबाहि गर्ने चेतावनी समेत दिएका छन् । बालेनले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने चेतावनी दिएका हुन् ।

साथै, विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिने जानकारी दिएका छन् । कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने र काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने मेयर शाहले भनेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);