खाँण र टोपबहादुरका बाबुछोरासहित को–को गए जेल ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

खाँण र टोपबहादुरका बाबुछोरासहित को–को गए जेल ?

काठमाडौं । काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझी सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले आज यस्तो आदेश दिएको हो । इजलासले लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्ने आदेश दिएको छ । टंक गुरुङलाई १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन् ।

उनीहरुलाई आजै सुन्धारा स्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा लगिने छ ।

को–को जादैछन् जेल ?

कारागार चलान हुनेमा बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारी छन् ।

त्यसैगरी टोपबहादुरका छोरा सन्दीप रायमाझी, आङटावा शेर्पा, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, हरिभक्त महर्जन, नरेन्द्र केसी र गोविन्द चौधरी पनि जेल जानेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);