१६ जना मध्य ८ जना भद्र र ८ जनालाई केन्द्रीय कारागारमा राखियो, को कहाँ ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

१६ जना मध्य ८ जना भद्र र ८ जनालाई केन्द्रीय कारागारमा राखियो, को कहाँ ?

काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशपछि पुर्पक्षका लागि जेल चलान गरिएका १६ अभियुक्तलाई केन्द्रीय कारागारका पुर्याइएको छ ।

१६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ ।

केन्द्रीय कारागार प्रसाशनका अनुसार पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, समशेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पालाई भन्द्रबन्दी गृहमा राखिएको छ ।

साथै, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखिएको हो ।

शुक्रबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ अभियुक्तमध्ये १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउन आदेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);