नागरिक उड्डयन प्राधिकरणले बालेनलाई सोध्यो स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

नागरिक उड्डयन प्राधिकरणले बालेनलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वसूचनाविना नै फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि बिहिबार महानगरका नगरप्रहरीहरुले विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेका थिए । यसबारे प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितका अधिकारीलाई स्पष्टिकरण सोधेका हुन् ।

स्पष्टीकरण पत्रमा भनिएको छ– ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);