प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै क–कसले के भने | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै क–कसले के भने

काठमाडौं, १ असार । प्रतिनिधि सभा सदस्यहरुले प्रतिनिधि सभा बैठकको शुन्य समयमा समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयहरुमा धारणा राखेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले देशको समसामयिक विषयहरुमा आ–आफ्नो धारणा राखेका हुन् । त्यस्तै आ–आफ्नो क्षेत्रको विकास निर्माणका काम सम्बन्धी पनि सदस्यहरुले बोलेका छन् । प्रतिनिधि सभा सदस्य अजयकुमार चौरासियाले नागरिकताबिहिनहरुलाई अविलम्व नागरिकता दिन सरकारसँग माग गर्नुभयो । उहाँले नागरिकता नहुँदा नागरिकताबिहीनहरुलाई जीवनयापनमा समस्या भएको उहाँले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य अनिता देवीले देशमा दाइजो र घरेलु हिंसाको समस्या बढिरहेको भन्दै समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट असमान र संवेदनहिन भएको बताउनु भयो । सबै जिल्लामा समान व्यवहार गर्नुपर्ने भएपनि यसपटक तिन जिल्लाका लागि मात्रै विनियोजन भएको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य अमरबहादुर थापाले विद्यालयका लेखापाल र कार्यालय सहयोगिहरु आन्दोलिन रहेको भन्दै उनीहरुको माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सहकारीबाट ठगिएका नागरिकहरु पनि आन्दोलित रहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य अमरबहादुर रायमाझीले विद्यालय कर्मचारीको समस्या यथाशिघ्र समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । उहाँले मदन भण्डारी राजमार्गले ओगटेको जग्गाको लगत कट्टा गर्न पनि माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले मधेशका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा दैनिक ५ घण्टा लोडसेडिङ हुने गरेको भन्दै यसले जनजिवन प्रभावित भएको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले थारु समुदायको ऐतिहासिक, पुरातात्विक जन्मदेखि मृत्युसम्म चाहिने डिबार ग्रामथानहरु सूचिकृत गर्न माग गर्नुभयो । उहाँले थारु कला, संस्कृति, पर्यावरण क्षेत्रको विकास गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य असिम शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राखेर सही गरेको बताउनु भयो । उहाँले भारतले नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चलचित्र आदि पुरुषको कुरा मात्र होइन । यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उता भनेको छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो भनेको छ । कहिले सांस्कृतिक नक्शा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ । हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर । हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर । सरकारले स्वास दबाएर कोही न कोही कुनै न कुनै बेला बोल्नुपथ्र्यो । बालेनले बोले सही गरे । परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भिर रुपमा लिनुपर्छ । नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरु भावनात्मक नै किन नहुन सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वभाविक हो ।’

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरु हुनुहुन्छ । उहाँहरुले नेपालको एयरपोर्टमा अपमानजनक व्यवहार व्यहोर्नुपरेको गुनासो उहाँहरुले गर्नुभएको छ । नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, एयरपोर्टमा भिक्षु, भिक्षुणीहरुका लागि फास्ट ट्रयाकको व्यवस्था गरियोस् । जुन धेरै बौद्धमार्गि देशहरुमा त्यो व्यवस्था छ । नेपालमा पनि त्यो व्यवस्था गरियोस् भनेर म सरकारसँग माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले किसानहरुका लागि मल, बिउ सहज रुपमा उपलब्ध गराउन र लम्पिस्किन रोग नियन्त्रणको प्रयास गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषिलाई उम्काउन १२० जना वकिलहरु लागि परेको भन्दै दोषिउपर निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी शाहले मधेशमा तापक्रम वृद्धिका कारण पानीको मुहान सुकेको भन्दै तराईमा पानी, बत्ति र सिंचाईको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले गुणस्तरीय शिक्षा र शिक्षकहरुको दरबन्दीको व्यवस्था मिलाउन किन ढिलाइ गरेको भनि सरकारलाई प्रश्न गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);