बालेनले बोले सही गरे : सांसद शाह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

बालेनले बोले सही गरे : सांसद शाह

काठमाडौं,१ असार । प्रतिनिधि सभा सदस्य असिम शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राखेर सही गरेको बताउनु भयो । प्रतिनिधि सभाको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै भारतले नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण गरिरहेको बताउनु भएको हो।

उहाँले भन्नुभयो – ‘चलचित्र आदि पुरुषको कुरा मात्र होइन । यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उता भनेको छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो भनेको छ । कहिले सांस्कृतिक नक्शा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ । हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर । हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर । सरकारले स्वास दबाएर कोही न कोही कुनै न कुनै बेला बोल्नुपथ्र्यो । बालेनले बोले सही गरे ।

परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भिर रुपमा लिनुपर्छ । नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरु भावनात्मक नै किन नहुन सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वभाविक हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);