नक्कली प्रोफाइल बनाई चरित्र हत्या गरेपछि... | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

नक्कली प्रोफाइल बनाई चरित्र हत्या गरेपछि…

social media
काठमाडौं, १ असार । सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन  कुराकानी सम्पादन गरी, अश्लील तस्बिर र भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई समाजमा बदनाम, बेइज्जत गरी चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);