काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेदेखि सुरु भएको हो ।
आजको बैठकमा समाजवादी मोर्चा गठनबारे छलफल हुने जनाइएको छ ।
नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको चार दलिय मोर्चा आजै घोषणा गर्ने तयारी थियो ।