सभामुखले उद्घाटन गरेको शैक्षिक मेला एकै घण्टामा किन बन्द गरियो ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

सभामुखले उद्घाटन गरेको शैक्षिक मेला एकै घण्टामा किन बन्द गरियो ?

काठमाडौँ । एक घण्टा अघि सभामुख देवराज घिमिरे बिहीबार उद्घाटन गरेको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले तत्काल बन्द गरायो । महानगरले बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला (एडु फेयर) बन्द गराएको हो ।
एसइई र कक्षा १२ को परीक्षाफल कुरेर बसिरहेका बालबालिका लक्षित मेलामा विद्यार्थीहरुको व्यक्तिगत विवरण टिप्ने, शैक्षिक प्रतिष्ठानका विषयमा जानकारी दिने लगायत काम भइरहेको भन्दै महानगरले बन्द गराएको हो । फेयरमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई, विवरण टिपाए छात्रवृत्ति उपलब्ध गराउने लोभ देखाइँदै थियो ।

मेला स्थलमा शिक्षण स्थलका नाममा पढाइ हुने विषयहरुको बोर्ड राखेर सजावट गरिएको थियो । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार भर्ना अवधि सुरु हुनु अगाडि विद्यार्थीहरुलाई प्रभाव पार्ने यस खालका क्रियाकलाप गराउन कानुनले निषेध गरेको छ । निषेधित काम प्रवर्धन हुने गरी सञ्चालन गरिएको फेयर बन्द गराइएको कोइरालाले जानकारी दिनुभयो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेला स्थलमा गएर क्रियाकलाप बन्द गराउनुभएको हो । मेलामार्फत धेरै विद्यार्थीलाई आकर्षित गर्नकै लागि लाखौँ रुपियाँ तिरेर कलेज सञ्चालकले स्टल बुकिङ गर्ने गरेका थिए। यस पटक पनि मेलामा ७० वटाभन्दा बढी स्टल राखिएका थिए। एउटा स्टलको न्यूनतम भाडा एक लाख रुपियाँको हाराहारीमा थियो। हिसानका अनुसार मेला सञ्चालन गर्नका लागि भृकुटीमण्डपको स्वामित्वमा रहेको समाज कल्याण परिषद्लाई आठ दिनको अग्रिम भाडा बुझाइएको छ । मेला चल्ने चार दिन र स्टल निर्माणलगायत अन्य तयारीका लागि समेत गरेर आठ दिनको भाडा बुझाइएको हिसानले जनाएको छ ।

हिसानले यसअघि पनि सात वटा शैक्षिक मेलाको आयोजना गरिसकेको छ । सारमा विद्यार्थीलाई थप अध्ययनबारे जानकारी दिने भन्ने बताइए पनि यस्ता मेलाको मुख्य उद्देश्य सकेसम्म मेलाबाटै विद्यार्थी भर्ना गराउनु र नसके उनीहरूको नाम दर्ता गराएर भर्नाका लागि बोलाउने हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);