गल्ती सच्याउने भनेपछि सेन्सर पास भयो ‘आदिपुरुष’ , बालेनको अडान भने कायमै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

गल्ती सच्याउने भनेपछि सेन्सर पास भयो ‘आदिपुरुष’ , बालेनको अडान भने कायमै

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएको छ ।

फिल्ममा आपत्तिजनक संवाद रहेको भन्दै सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । तर, निर्माण पक्षले उक्त संवाद हटाउने भएपछि नेपालमा उक्त फिल्मको सेन्सर पास भएको हो । सेन्सर बोर्डले पास गरेपनि काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र शाहले पनि यस विषयमा चासो देखाएका छन् । उनले उक्त संवाद नसच्याए काठमाडौं महानगरपालिका भित्र प्रदर्शन हुन नदिने घोषणा गरेका छन् । शाहले उक्त गलत संवादलाई भारतमा पनि सच्याउनुपर्ने अडान राखेका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको उक्त चलचित्रमा निकै चर्चामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);